ad ad

निर्वाचन विशेष


कञ्चनपुरको कृष्णपुरमा कांग्रेसको अग्रता कायमै

कञ्चनपुरको कृष्णपुरमा कांग्रेसको अग्रता कायमै

नेपालखबर
जेठ ५, २०७९ बिहिबार २१:२२, काठमाडौँ

कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।

१५ हजार २३७ मत गन्दा मेयरमा कांग्रेसका हेमराज ओझाले ५ हजार १२९ र उपमेयरमा द्रोपती रानाले ४ हजार ९४५ मतसहित अग्रता बनाएका छन्। 

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मेयरमा पछ्याइरहेका एमालेका लोकेन्द्र प्रसाद पन्तले ४ हजार ४२९ मत प्राप्त गरेका छन्। उपमेयरमा एमालेकी रमिता रानाले ४ हजार ५६७ मत प्राप्त गरेकी छन्।

यस्तै मेयरमा माओवादीका जोगराज चौधरीले ३ हजार ७५९ र उपमेयरमा गीता मल्ले ३ हजार ५०३ मत प्राप्त गरेकी छन्।

९ वडा रहेको कृष्णपुर नगरपालिकाको वडा नम्बर १, २, ३, ८ र ९ को मतगणना सकिएको छ। अहिले वडा नम्बर ४ र ७ को गणना भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .