ad ad

निर्वाचन विशेष


काठमाडौं–२७ को ५ सय मत गन्दा स्थापित २ सय, बालेन ६७

काठमाडौं–२७ को ५ सय मत गन्दा स्थापित २ सय, बालेन ६७

नेपालखबर
जेठ ५, २०७९ बिहिबार २१:५०, काठमाडौँ

काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। आजबाट गन्न सुरु गरिएको २७ नं वडामा भने एमाले उम्मेदवार केशव स्थापितले अग्रता लिएका छन्। 

साँझ ९ बजेसम्मको मतगणना अनुसार वडा नं २७ मा ५ सय मतगणना भएको छ। जसमध्ये लौरो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार बालेन साहले ६७ मत पाएका छन्। 

एमालेका उम्मेदवार केशव स्थापितले सो वडामा २ सय मत पाएका छन्। त्यस्तै, कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ सय ४६ मत प्राप्त गरेकी छन्। 

यसअघि गनिएका सबै वडामा बालेन साहले अग्रता लिएका थिए।  साँझ ९ बजेसम्म ६४ हजार ५ सय ७९ मत गणना भएको छ।

पछिल्लो मतपरिणाम अनुसार साहले २४ हजार ६ सय ३३ मत प्राप्त गरेका छन्। 

एमालेका उम्मेदवार केशव स्थापितले १३ हजार ३७ मत प्राप्त गरेका छन्। त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १२ हजार २ सय ७२ मत प्राप्त गरेकी छिन्।

काठमाडौं महानगरपालिकाको मतपरिणाम रोचक बन्दै गइरहेको छ। यसअघि गनिएका सबै वडामा बालेन साहले अग्रता लिएका थिए। तर, आजबाट गन्न सुरु भएको गन्न सुरु भएको २७ नम्बर वडामा भने स्थापितले अग्रता लिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .