ad ad

निर्वाचन विशेष


बरहथवाको मेयरमा कल्पनाको जित सुनिश्चित, सर्लाहीका चार नगर गुमाएको एमालेलाई ठूलो राहत

बरहथवाको मेयरमा कल्पनाको जित सुनिश्चित, सर्लाहीका चार नगर गुमाएको एमालेलाई ठूलो राहत

नेपालखबर
जेठ ९, २०७९ सोमबार ६:४५, काठमाडौँ

सर्लाहीको बरहथवा नगरपालिकाको मेयरमा नेकपा एमालेकी कल्पनाकुमारी कटुवालको जित सुनिश्चित भएको छ। 

सर्लाहीका साविकका चार नगरपालिकाको नेतृत्व गुमाएको एमालेका लागि कल्पनाको जित ठूलो राहत हुने देखिएको छ।

बरहथवाको अन्तिम मतगणना चलिरहँदा कटुवाल माओवादीका देवानन्द महतो भन्दा करिब ६ हजार मतान्तरले अघि छिन्। 

कटुवालले १२ हजार २७३ मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका महतोले ६ हजार ६६६ मत मात्रै प्राप्त गरेका छन्। 

महतो निवर्तमान मेयरसमेत हुन्। नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार विगुप्रसाद चौधरीले ६ हजार ५५ मत प्राप्त गरेका छन्।

यसअघि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा जित हात पारेको हरिवन, लालबन्दी, ईश्वरपुर र हरिपुर नगरपालिकामा एमाले पराजित भएको छ। साविकमा एमालेले जितेको हरिवनमा माओवादी केन्द्र र बाँकी तीन नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .