ad ad

निर्वाचन विशेष


बालेनको भाषण : काठमाडौंलाई विश्वकै सुन्दर बनाऔं (भिडियोसहित)

बालेनको भाषण : काठमाडौंलाई विश्वकै सुन्दर बनाऔं  (भिडियोसहित)

नेपालखबर
जेठ १३, २०७९ शुक्रबार ८:५३, काठमाडौँ

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौंका आम मतदातालाई धन्यवाद दिएका छन्। 

महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका साह २३ हजार ४ सय २६ मतान्तरले विजयी भएका छन्। निर्वाचित भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत रहेको राष्ट्रिय सभागृह पुगेर साहले विजय र्‍याली सुरु गरेका छन्। 

उनले काठमाडौंलाई विश्वकै सुन्दर सहर बनाउनका लागि सहकार्य गर्नका लागि अपिल गरेका छन्। ‘काठमाडौंलाई विश्वकै सुन्दर सहर बनाउनका लागि सबैजना मिलेर सहकार्य गर्नेछौं भन्ने आशा राखेको छु धन्यवाद!’ साहले भने।

साहलाई निर्वाचन अधिकृत कार्यालयका पदाधिकारीले बधाई तथा शुभकामना दिएका थिए। त्यसपछि संक्षिप्त सम्बोधन गर्दै बालेनले अबको ५ वर्षमा आफ्ना एजेण्डालाई सम्पन्न गर्ने धारणा प्रस्तुत गरे। 

‘स्थानीय निर्वाचनको जुन परिणाम आएको छ यसलाई हामीले हाम्रो विजयभन्दा पनि कार्यको सुरुवात हुनेछ। अबको ५ वर्षमा हाम्रो एजेण्डाहरुलाई पूर्ण रुपमा कार्यसम्पन्न गर्ने धारणा रहेको छ,’ उनले भने, ‘सम्पूर्ण नगरवासी र उपस्थिति साथीभाइ, परिवाजनलगायत सबै महानगरलाई हामीले परिवारको रुपमा लिएका छौं।’
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .