ad ad

निर्वाचन विशेष


‘सेनेटरी प्याडमा आयातित उत्पादनलाई प्रोत्साहन दिनु आपत्तिजनक’

‘सेनेटरी प्याडमा आयातित उत्पादनलाई प्रोत्साहन दिनु आपत्तिजनक’

नेपालखबर
जेठ १७, २०७९ मंगलबार २०:३२, काठमाडौँ

नेपाल सेनेटरी प्याड उत्पादक संघले आयातित उत्पादनलाई प्रोत्साहन दिने सरकारको नीतिप्रति आपत्ति जनाएको छ।  

मंगलबार पत्रकार सम्मेलन गरी संघले महिनावारी व्यवस्थापनमा प्रयोग हुने सेनेटरी प्याडमा कर माफीको महिलाहरुको माग सम्बोधन गर्न आयातीत उत्पादनलाई प्रोत्साहन दिई स्वदेशी उद्योग धरासायी हुने यो निति गलत भएको ठहर गरेको छ। 

‘बहुराष्ट्रिय कम्पनीका बहुचर्चित ब्राण्डका आयातित सेनेटरी प्याडसँग नेपाली ब्राण्डलाई प्रतिस्पर्धा गर्न गाह्रो अवस्थामा सरकारको यस नीतिले नेपाली उद्योगहरुलाई चुर्लुम्म डुब्ने बनाएको छ’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशलाई आत्मनिर्भर वनाउदै जाने सपनामा ठूलो वज्रपात भएको छ। आयात प्रतिस्थापन गर्ने उदेश्यले स्थापित सेनेटरी प्याड जस्तो अत्यावश्यक उद्योगलाई संरक्षण गर्नका निम्ति हामी आह्वान गर्दछौँ।’

संघका अनुसार सेनेटरी प्याडको उत्पादनमा देश आत्मनिर्भर भई सकेको अवस्था छ। नेपालमा ठूला साना गरी ३५–४० उद्योगहरु ६ अर्बको लगानीमा, ९० करोड थान सेनेटरी प्याड उत्पादन क्षमता भई ६ हजार जनाको रोजगारीमा जसमध्ये अधिकांश महिलाहरु रहेका छन्। हालको नेपाली बजारको माग भने ३० करोड थान मात्रै रहेको संघले जनाएको छ। 

सेनेटरी उत्पादक संघले नेपालमा भएका विभिन्न उद्योगहरुबाट उत्पादित हुने सेनेटरी प्याडको गुणस्तर विश्वस्तरीय रहेको  र यहाँका उत्पादनहरुले नेपाल गुणस्तर चिह्न पनि प्राप्त गरिसकेका जनाएको छ।

संघका अनुसार नेपाली उत्पादनहरुको मुल्य किफायती हुनका साथै बिदेशी उत्पादन भन्दा निकै सस्तो र गुणस्तरयुक्त रहेको छ। आयातीत उत्पादनहरुको गुणस्तरको चेक जाँच भने कुनै निकायले गर्दैन।

हालै भएको बजेट भाषणमा आयातीत सेनेटरी प्याडमा ९० प्रतिशत भन्सार महसुल छुटको घोषणा गरिएको छ। हालको १५ प्रतिशत रहेको भन्सार महशुश अब १.५ प्रतिशत मात्र लागू हुनेछ। 

संघले भनेको छ, ‘जबकी कच्चा पदार्थमा १ प्रतिशत भन्सार महसुलको घोषणा गरिएकोे छ तर केही कच्चा पदार्थ तथा  प्याकेजिङ मटेरीयलमा लाग्ने ५ प्रतिशत अन्त शुल्क वारे कुनै घोषणा गरीएको छैन। यसो हुँदा तयारी वस्तु भन्दा कच्चा पदार्थमा बढी कर तिर्नु पर्छ। जबकी कच्चा पदार्थ तथा तयारी वस्तुको भन्सार महसुल कम्तिमा दुई तहको फरक हुनुपर्ने हो। यो कदमले स्वदेशी उद्योगहरु अप्रतिस्पर्धि भई बन्द हुनेछन् र रु. १.५ अर्बको हालको आयात अत्याधिक बढेर ५ वर्षमा वार्षिक रु. ७.५ अर्ब पुग्नेछ र व्यापार घाटाको डरलाग्दो घेरा बाट हामी कहिल्यै उम्किन सक्ने छैनौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .