ad ad

निर्वाचन विशेष


दाङ : घोराही उपमहानगरमा सत्ता गठबन्धनका उम्मेदवारलाई सुरुवाती अग्रता

दाङ : घोराही उपमहानगरमा सत्ता गठबन्धनका उम्मेदवारलाई सुरुवाती अग्रता

हेमराज शर्मा (दायाँ) र भूपबहादुर डाँगी (बायाँ)


नेपालखबर
बैशाख ३१, २०७९ शनिबार १४:६, काठमाडौँ

स्थानीय तह निर्वाचनको जारी मतगणनामा घोराही उपमहानगरपालिकामा सत्तागठबन्धनका उम्मेदवारहरुले प्रमुख र उपप्रमुखमा सुरुवाती अग्रता हासिल गरेका छन् । 

सत्तागठबन्धनको तर्फबाट मेयरमा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले १ सय ७२ मत हासिल गरेका छन् भने एमालेका उम्मेदवार नरुलाल चौधरीले १ सय ४५ मत प्राप्त गरेका छन् । 

उपमेयरमा सत्तागठबन्धनको तर्फबाट कांग्रेसका भूपबहादुर डाँगीले १ सय ८० मत र एमाले उम्मेदवार हुमा डिसीले १ सय ४० मत प्राप्त गरेकी छन् । 

सत्तागठबन्धनमा सामेल माओवादी केन्द्रले ११ मध्ये २ नगरपालिकाको प्रमुख पद प्राप्त गरेको थियो। माओवादीले पाएको जीतपुर–सिमरा उपमहानगरपालिकामा पनि गठबन्धनका उम्मेदवार अगाडि छन् । 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .