ad ad

निर्वाचन विशेष


ललितपुर : कोन्ज्योसोम गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी

ललितपुर : कोन्ज्योसोम गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी

नेपालखबर
जेठ २, २०७९ सोमबार १७:३७, काठमाडौँ

ललितपुरको कोन्ज्योसोम गाउँपालिका अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। 

एमाले उम्मेदवार कृष्णमान लामा ३ हजार १ सय ४ मतसहित विजयी भएका हुन्। 

उपाध्यक्षमा भने नेपाली कांग्रेस विजयी भएको छ। उपाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका राजन प्रसाद घिमिरे ३ हजार २ सय २७ मतसहित विजयी भएको निर्वाचन आयोगले जनाएको छ। 

अध्यक्षका प्रत्याशी माओवादीका गोपि लाल सिंतान २५०९ मत प्राप्त गरेका छन्। सिंतान निवर्तमान अध्यक्ष समेत हुन्। यो पालिकामा ०७४को निर्वाचनमा माओवादी केन्द्र एक्लै विजयी भएको थियो। 

अहिले त्यहाँ माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल भएको थियो।

यद्यपि यहाँ माओवादी केन्द्रलाई एमालेले पराजित गरेको छ। यो गाउँपालिकामा भएका ५ मध्ये माओवादी केन्द्रले २, नेपाली कांग्रेसले २ र नेकपा एमालेले १ वडाध्यक्ष जितेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .