ad ad

निर्वाचन विशेष


चुनावमा लापरबाही गर्ने कर्मचारीलाई कारबाही हुने, आयोगले माग्यो विवरण

चुनावमा लापरबाही गर्ने कर्मचारीलाई कारबाही हुने, आयोगले माग्यो विवरण

नेपालखबर
जेठ ४, २०७९ बुधबार १८:५७, काठमाडौँ

निर्वाचन आयोगले लापरबाही गर्ने कर्मचारीको विवरण माग गरेको छ। निर्वाचनमा खटिएका कर्मचारीको लापरबाहीले धेरै ठाउँमा विवाद उत्पन्न गराएको भन्दै आयोगले त्यस्ता कर्मचारीको विवरण माग गरेको हो। 

आयोगका प्रवक्ता शालिग्राम शर्माले त्रुटि गर्ने मतदान अधिकृत र संलग्न कर्मचारीको नाम, पद, कार्यरत कार्यालयको नाम, ठेगाना, कर्मचारी संकेत नं, खटिएको मतदान अधिकृतको नाम र ठेगानासहित सबै विवरण खुलाएर आयोगमा पठाउन सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिएको जानकारी दिए।

निर्वाचनका क्रममा कर्मचारीहरुले मतपत्रमा दस्तखत नगरी मतदातालाई दिने, अर्धकट्टीसहित मतपत्र दिने, अर्धकट्टीमा दस्तखत नगराउने, स्ट्याम्प प्याडको सट्टामा अर्कै मसी प्रयोग गराउने, मतपत्र र मतदाताको सही विवरण तयार नगर्ने जस्ता गल्ती गरेको पाइएको आयोगले जनाएको छ।

यस्तै मतपत्रमा मतसंकेत गर्न रबरको स्वस्तिक छाप दिनु पर्नेमा पित्तलको स्वस्तिक छाप दिने, सहि किसिमले मुचुल्का तयार नगर्ने, सुरक्षण सिलहरु सही ढंगले नलगाउने, पोलबुकमा स्पष्ट विवरण नराख्ने, मतदाता नामावली विवरणमा स्पष्ट रेजा नलगाउने, मतगणना गर्दा आएको संख्या र कम्प्युटरमा प्रविष्टसंख्या फरक पार्ने जस्ता गल्ती पनि देखिएको प्रवक्ता शर्माले बताए। 

मतगणना सम्पन्न भएपछि घोषणा गर्न ढिलाई गर्ने, स्थानीय तह निर्वाचन निर्देशिका २०७८ विपरित मतपत्र सदर वा वदरको निर्णय गर्ने आदी गम्भीर प्रकृतिका गल्तीहरु गरेको देखिएको आयोगले जनाएको छ। मतदानमा खटिएका मतदान अधिकृतबाट भएका यस्ता गल्तीहरुले निर्वाचनमा विवाद उत्पन्न भई निर्वाचन अवरुद्ध हुने, स्थगित हुने र मतगणना समेत प्रभावित हुने भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .