ad ad

निर्वाचन विशेष


वडा ८ मा सिर्जनाभन्दा बालेन दोब्बर मतले पछाडि, केशव तेस्रो

वडा ८ मा सिर्जनाभन्दा बालेन दोब्बर मतले पछाडि, केशव तेस्रो

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १५:१५, काठमाडौँ

काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। 

अहिले वडा नं. ८ को गणना भइरहँदा बालेन शाह कांग्रेसकी सिर्जना सिंहभन्दा दोब्बर मतले पछि परेका छन्। 

पछिल्लो मत परिणामअनुसार ३०० गणना सकिँदा बालेनले ६७ मात्रै ल्याएका छन्। उनी दोस्रो स्थानमा रहेका छन्। पहिलो स्थानमा रहेकी सिर्जनाले १३६ ल्याएका छन् भने तेस्रो स्थानमा रहेका केशव स्थापितले ३५ मत ल्याएका छन्। 

उपमेयरतर्फ एमालेको उम्मेदवारले ६६ मत पाएको छ। 

त्यसैगरी वडाध्यक्षमा एमालेले ३७, कांग्रेसले १७५ र राप्रपाले १८ मत पाएको छ। 

महिला सदस्यतर्फ एमालेले ५५, कांग्रेसले १७८ मत पाएको छ। 

दलित सदस्यतर्फ एमालेले ४६ र कांग्रेसले १८९ मत पाएको छ। 

त्यसैगरी पहिलो सदस्यतर्फ एमाले ४९ र कांग्रेस १७६ तथा दोस्रो सदस्यतर्फ एमाले ४८ र कांग्रेस १६५ मत पाउन सफल भएका छन्। 

यो दिउँसो २ः३० सम्मको परिणाम हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .