ad ad

निर्वाचन विशेष


वडा ८ मा ४०० गन्दा सिर्जनासँग बालेनले घटाए मतान्तर, ६१ मतले पछाडि

वडा ८ मा ४०० गन्दा सिर्जनासँग बालेनले घटाए मतान्तर, ६१ मतले पछाडि

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १५:५०, काठमाडौँ

काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। 

अहिले वडा नं. ८ को गणना भइरहँदा बालेन शाह कांग्रेसकी सिर्जना सिंहभन्दा ६१ मतले मात्र पछि परेका छन्। 

पछिल्लो मत परिणामअनुसार ४०० गणना सकिँदा बालेनले ९७ मत ल्याएका छन्। उनी दोस्रो स्थानमा कायम छन्। पहिलो स्थानमा रहेकी सिर्जनाले १५८ मत ल्याएकी छिन् भने तेस्रो स्थानमा रहेका केशव स्थापितले ६८ मत ल्याएका छन्। 

त्यसैगरी छाताले १९ मत ल्याएको छ।  

उपमेयरतर्फ एमालेको उम्मेदवारले १०९ मत पाएको छ। 

त्यसैगरी वडाध्यक्षमा एमालेले ७३, कांग्रेसले २१२ र राप्रपाले ५० र खरायोले १६ मत पाएको छ। 

महिला सदस्यतर्फ एमालेले ९२, कांग्रेसले २१५ मत पाएको छ। 

दलित सदस्यतर्फ एमालेले ८५ र कांग्रेसले २२७ मत पाएको छ। 

त्यसैगरी पहिलो सदस्यतर्फ एमाले ९० र कांग्रेस २१४ तथा दोस्रो सदस्यतर्फ एमाले ८८ र कांग्रेस १९९ मत पाउन सफल भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .