जुम्लामा नेकपा एमाले जितविहीन भएको छ।
जिल्लाका ८ वटै पालिकाको मतपरिणाम सार्वजनिक हुँदा एमालेले एउटा पनि पालिकामा प्रमुख र उपप्रमुख जित्न नसकेको हो।
५ वटा पालिकामा नेपाली कांग्रेस निर्वाचित हुँदा २ वटामा नेकपा माओवादी केन्द्र निर्वाचित भयो। एउटामा स्वतन्त्र उम्मेदवार विजयी हुँदा एमालेभने जितविहीन बन्न पुग्यो।
स्वतन्त्र उम्मेदवार राजु सिंह कठायत निर्वाचित भएको चन्दननाथ नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसकी रामदेवी खड्का निर्वाचित भइन्। अन्य पालिकामा कांग्रेस र माओवादी मात्रै निर्वाचित भए।
जेठ ५, २०७९, बिहीबार
प्रतिक्रिया