भीमदत्त नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटीले दोब्बर बढी मतअन्तरले अग्रता लिएका छन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार मेयरमा बोगटीले ६ हजार २६२ मत प्राप्त गरेका छन्।
उनलाई पछ्याइरहेका राप्रपाका गजेन्द्र चन्दले २ हजार ८८९ मत प्राप्त गरेका छन्। एमालेका मेयरका उम्मेदवार महेश पन्त २ हजार ७ सय ३५ मतसहित तेस्रो स्थानमा छन्।
यस्तै माओवादी र समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार समाजवादीका राजेन्द्र पाण्डेयले १ हजार ६७५ मत प्राप्त गरेका छन्।
मेयर भन्दा पनि उपमेयर कांग्रेस र गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ।
कांग्रेसकी उपमेयरकी उम्मेदवार निलम लेखकले ४ हजार ४०७ मत सहित अग्रता लिइरहेकी छन्। उनलाई पछ्याइरहेका गठबन्धनबाट माओवादीका कृष्णदत्त जोशीले ४ हजार २३५ मत प्राप्त गरेका छन्।
यस्तै एमालेकी भुवन कुँवरले २ हजार ७२३ र राप्रपाकी हेलेन श्रेष्ठले २ हजार १०२ मत प्राप्त गरेकी छन्।
Shares
प्रतिक्रिया