दसैंको उपलक्ष्यमा नौ नायिकालाई एकसाथ सम्मान गरिएको छ।
दसैं सुरु भएको घटनास्थापनाका दिन बिहीबार काठमाडौंमा समारोह आयोजना गरी अभिनेत्री रेजिना उप्रेती र कलाकार विमला केसीको संस्था रेजिना इन्टरटेनमेन्ट प्रालि र सहिद फिल्म्स् प्रालिले नौ जना अभिनेत्रीलाई एकै ठाउँ भेला गराई ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान’ प्रदान गरेको हो। दुई वर्षअघि सुरु याे कार्यक्रम हरेक वर्ष गर्ने भनिए पनि गत वर्ष भने कोरोना महामारीका कारण रोकिएको थियो।
चाबहिलको सरस्वती नगरस्थित चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा चैत्य देवी, लक्ष्मी गिरी, शर्मिला मल्ल, मौसमी मल्ल, नीता ढुंगाना, केकी अधिकारी, सुरक्षा पन्त, साम्राज्ञी राज्यलक्ष्मी शाह र उपासना सिंह ठकुरीलाई एकसाथ सम्मान गरिएको हो।
समारोहमा अभिनेत्रीहरूलाई प्रमुख अतिथि ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल र विशेष अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले सम्मान गरेका थिए।
कार्यक्रममा सम्मानित नौ अभिनेत्रीले अभिनय गरेका एक–एक फिल्मका एक–एक गीतमा नृत्य प्रस्तुत गरिएको थियो।
हेर्नुहोस् बिहीबार गरिएकाे कार्यक्रमका केही तस्बिर–
Shares
प्रतिक्रिया