ad ad

कला


यस्तो तस्बिरसहित पूजा शर्माले लेखिन्...

यस्तो तस्बिरसहित पूजा शर्माले लेखिन्...

नेपालखबर
माघ ३, २०७८ सोमबार ६:१४, काठमाडौँ

निर्देशक सुदर्शन थापासँग सम्बन्ध बिग्रिएको चर्चा चलिरहेका बेला अभिनेत्री पूजा शर्माले एउटा सकारात्मक तस्बिर सार्वजनिक गरेकी छन्।   

चलचित्र ‘मधुमास’देखि  ‘चंखे शंखे पंखे, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी र म यस्तो गीत गाउँछु २’ सम्म निरन्तर सहकार्य गरिरहेका उनीहरूले अबदेखि सँगै काम नगर्ने हुन् कि भन्ने आशंकाबीच अभिनेत्री पूजा शर्माले सार्वजनिक गरेको स्टाटससहितको तस्बिरले सम्बन्ध सुधार भएको संकेत गरेको छ।     

अभिनेत्री पूजाले निर्देशक सुदर्शन र अभिनेता पल शाहसँगको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘जिन्दगी हो, सिनेमाको पर्दामा जस्तै उतारचढाव त आइहाल्छ। तर, यस्तो उतारचढावलाई सहजै पार लगाउँदै अगाडि बढ्न सक्ने बलियो टिम भएपछि हौसला कहिले पनि नमर्ने रहेछ। म आज मेरो बलियो टिमकै कारण आज यो स्थानमा छु र सधैं हाम्रो टिम एकसाथ रहनेछ भन्ने विश्वास दिलाउन पनि चाहन्छु।’

उनका अनुसार उनको टिमले निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ विभिन्न परिस्थितीका कारण रिलिज हुन सकिरहेको छैन। तर, चलचित्रलाई अझै बलियो बनाउँदै दर्शकमाझ ल्याउने प्रयास जारी रहेको जानकारी उनले दिएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .