ad ad

कला


हेर्नुहोस्, साउथ इन्डियन फिल्ममा स्वस्तिमाको ‘आइटम डान्स’ (भिडिओ)

हेर्नुहोस्, साउथ इन्डियन फिल्ममा स्वस्तिमाको ‘आइटम डान्स’ (भिडिओ)

नेपालखबर
माघ ९, २०७८ आइतबार ९:२५, काठमाडौँ

अभिनेत्री स्वस्तिमा खड्काले पनि अभिनय गरेको साउथ इन्डियन फिल्म ‘थिरिमाली’ को आइटम गीत सार्वजनिक गरिएको छ। 

मूल फिल्म मलयालम भाषामा बनेको भए पनि यो फिल्म हिन्दी, तेलेगू र तामिल भाषामा पनि हेर्न पाइनेछ। यसैअन्तर्गत शनिबार यसको हिन्दी गीत सार्वजनिक भएको हो। जसमा नेपाली अभिनेत्री स्वस्तिमा नाचेकी छन्। 

तीन मिनेट ५३ सेकेन्डको गीत ‘सायना मुभिज’ को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सुनिधि चौहानले गाएको ‘रंग–बिरंगी’ बोलको गीतमा स्वस्तिमा भारतीय आइटम गीतको शैलीमा नाचेकी छन्।

एसके लरेन्सले निर्माण गरेको उक्त फिल्म यो फिल्म राजीव शेट्टीले निर्देशन गरेका हुन्। 

जेभियर एलेक्स र राजीव शेट्टीले लेखेको फिल्ममा मलयालम फिल्म उद्योगका चर्चित अभिनेता बिबिन जर्ज मुख्य भूमिकामा छन्। त्यस्तै जोनी एन्टोनी र धर्मजान बोलगट्टी पनि यसका प्रमुख पात्र हुन्।

उक्त फिल्म काठमाडौं, पोखरा र लुक्लामा पनि सुटिङ गरिएको थियो। केही समयअघि सार्वजनिक फिल्मको ट्रेलरमा नेपालका दृश्य देख्न सकिन्छ। 

हेर्नुहोस्, स्वस्तिमाको ‘आइटम डान्स’–

यो पनि :

स्वस्तिमा अभिनित साउथ इन्डियन फिल्म ‘थिरिमाली’को ट्रेलर रिलिज (भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .