ad ad

कला


शरीर घटाएर अभिनयमा फर्किने तयारीमा प्रियंका कार्की

शरीर घटाएर अभिनयमा फर्किने तयारीमा प्रियंका कार्की

नेपालखबर
माघ ९, २०७८ आइतबार १३:०, काठमाडौँ

एक वर्षअघिसम्म अभिनेत्री प्रियंका कार्कीको सिने बजारमा राम्रै चर्चा थियो।

केही वर्ष उद्योगमा नम्बर वान नायिकाको स्थान बनाएकी प्रियंकाले गर्भवती भएपछि काम गर्न पाएकी छैनन्। 

गर्भवास्थामा फिल्ममा काम नगरे पनि उनी चर्चाको केन्द्रमा भने रहिरहिन्।

गर्भावस्थालाई लिएर उनको गरेको सेलिब्रेट, फुटोसुट र भनाइका कारण प्रियंकाले मिडियामा ठाउँ बनाइरहिन्। 

तर, छोरी जन्माएपछि उनको चर्चा सेलाएको छ। प्रियंकाको नाममा समाचार आउन बन्द भएका छन्।

उनी छोरी हुर्काउन ब्यस्त देखिन्छिन्। अब भने प्रियंकाले छोरी छोडेर घर बाहिर निस्कने योजना बनाएकी छिन्। 

चलचित्र तथा म्यूजिक भिडियोकी ब्यस्त नायिका प्रियंका पुरानै लय समात्ने कसरतमा छिन्।

काममा फर्किन अहिले उनी आफ्नो शरीरको तौल घटाइरहेकी छिन्। उनले ९४ केजीबाट ७८ केजी तौल बनाएकी छन्। 

प्रियंकाले छोरीलाई स्तन पान गराउनु पर्ने कारण एकैपटक तौल घटाउने सोच नरहेको बताएकी छिन्। 

उनले विस्तारै आफ्नो शरीरलाई पुरानै सेपमा ल्याउने कसरत सुरु गरेकी बताएकी छिन्।

उनी भन्छिन्, ‘पुरानो सेपमा आउन पक्कै मलाई समय लाग्नेछ। म मिहिनेत गरिरहेकी छु।’

उनले अभिनयमा फर्किनकै लागि आफ्नो शरीरको पुरानो सेप फर्काउने कसरत गरिरहेको बताएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .