ad ad

कला


मिस्टर नेपाल सन्तोषले आरतीसँग औँठी साटे

मिस्टर नेपाल सन्तोषले आरतीसँग औँठी साटे

नेपालखबर
माघ ९, २०७८ आइतबार १३:२५, काठमाडौँ

मिस्टर नेपाल २०१९ का विजेता डा. सन्तोष उपाध्याय विवाह बन्धनमा बाँधिने भएका छन्। सन्तोषले पोखराकी आरती पराजुलीसँग वैवाहिक जीवन सुरु गर्ने भएका हुन्।

केही वर्षदेखि प्रेममा रहेका आरती र सन्तोषले इन्गेज्मेन्ट गरेका छन्। 

शनिबार काठमाडौंको इन्द्रेणी ब्ल्याङ्केटमा सन्तोष र आरतीले औँठी साटेका हुन्।

आरती नेपाल इन्भेष्टमेन्ट बैंकमा सिनियर अफिसर हुन्। सन्तोष स्वास्थ्यकर्मी हुन्। उनी पछिल्लो समय स्वास्थ्य भन्ने डिजिटल प्लेटफर्ममा काम गर्दै आएका छन्। 

२०१९ मा मिस्टर नेपालको उपाधि उचालेका सन्तोषले २०२० मा मिस्टर सुपरस्टार बन्न सफल भएका थिए।

सन्तोष र आरतीको यही महिनामा विवाह गर्ने सहमति भएको भए पनि गते पक्का भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .