कला


अब राति ११ बजेपछि चलचित्र देखाउँदा पूर्वअनुमति नचाहिने

४ दिनअघि नै सेन्सर सिफारिस लिए हुने
अब राति ११ बजेपछि चलचित्र देखाउँदा पूर्वअनुमति नचाहिने

फाइल तस्बिर


नेपालखबर
पुस १२, २०७९ मंगलबार १२:१९, काठमाडौँ

चलचित्र विकास बोर्डले स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिन चलचित्रको सार्वजनिक प्रदर्शन हुने मितिभन्दा कम्तीमा ७ (सात) दिनअघि दरखास्त पेश गर्नुपर्ने नियम परिमार्जित गरेको छ।

बोर्डले अब ४ दिनअगावै दरखास्त पेश गर्नुपर्ने गरी निर्णय गरेको छ। ११ पुस २०७९ मा बसेको चलचित्र विकास बोर्डको बैठकले यो नियमलाई संशोधन गरेको हो।

त्यही बैठकबाट बेलुकी ११ बजेपछि चलचित्र प्रदर्शन गर्नुपर्दा आवश्यक शान्ति सुरक्षा सुनिश्चित प्रदर्शकले गर्नुपर्ने नियम पनि ल्याएको छ। 

उक्त समयमा चलचित्र प्रदर्शन गर्नुपरेमा पहिले नै बोर्डलाई जानकारी गराए हुने निर्णय गरिएको छ। यसअघि राति ११ बजेसम्म सकिने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने नियम थियो। 

त्यसपछि चलचित्र प्रदर्शन गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई चलचित्र विकास बोर्डलाई जानकारी गराउनुपर्ने प्रावधान थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad