कला


कसले दुखायो अभिनेता नाजिर हुसेनको मन? भने– मान्छे बन्न दिनूस्

कसले दुखायो अभिनेता नाजिर हुसेनको मन? भने– मान्छे बन्न दिनूस्

नाजिर हुसेन


नेपालखबर
पुस १७, २०७९ आइतबार ११:५५, काठमाडौँ

अभिनेता नाजिर हुसेनले जीवनका विभिन्न कालखण्डमा सामना गर्नुपरेको प्रश्नप्रति मन दुखाएका छन्। आज नेपाली टोपी दिवसको शुभकामना दिँदै उनले मनमा गडेर बसेको दुःखको गाँठो फुकाएका छन्। 

उनले शुभकामना दिँदै आफूलाई मान्छे बन्न दिन समाजसँग आग्रह गरेका छन्।

नागरिकतामा लेखिएको आफ्नो नाम देख्नेबित्तिकै विभिन्न अनावश्यक प्रश्नको सामना गर्नुपरेको दुखेसो पोख्दै उनले आफू मान्छे बन्न खोजिरहेको उल्लेख गरेका छन्। 

आफ्नो वंशजको नागरिकतामा मोहमद नाजिर हुसेन नाम पढेर कतिपयले नेपाली मुस्लिम कि इन्डियन मुस्लिम, हिन्दू कि मुसलमान जस्ता प्रश्न गरेर मान्छे भन्ने कुराचाहिँ बिर्सिदिएको गुनासो उनले गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘मेरो वंशज नागरिकता वा मेरो पासपोर्टमा लेखिएको मोहमद नाजिर हुसेन नाम पढेर मैले प्राय: नखोज्दा पनि भेटिरहने प्रश्नहरु,  
तपाईंं इन्डियन मुस्लिम कि नेपाली मुस्लिम? 

तपाईं हिन्दू कि मुसलमान ? 

ओ हो, तपाईं त तराईबाट आएको भए पनि 
नेपाली त स्पष्ट बोल्नु हुदोँ रैछ!

फ्याट्ट उत्तर दिन मन लाग्छ 
हम्राके भोजपुरियो निमनसे बोलेके लुर बा! 

मान्छे बन्न खोज्दै छु 
मान्छे बन्न दिनूस् 
सुन्नूस्, म पनि यही माटोको हो मेरो शरीरमा पनि रगत नै हो बग्ने 
देशको कुरा आउँदा तपाईंलाई जति दुख्छ, मलाई पनि त्यति नै दुख्छ

तपाईंलाई जति खुसी लाग्छ, मलाई पनि त्यति नै खुसी लाग्छ। 
हरेक नेपालीको शिरमा सगरमाथाझैँ अटल, अग्लो र विशाल भएर बस्ने 
हाम्रो ढाका टोपीजस्तै 
सबैको सोच र विचार अग्लियोस्! 
ढाका टोपी ( नेपाली टोपी)  दिवसको सबैमा शुभकामना!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad