कला


प्रेममा साराको छटपटी (भिडिओ)

प्रेममा साराको छटपटी (भिडिओ)

नेपालखबर
पुस २२, २०७९ शुक्रबार ९:१९, काठमाडौँ

नेपाली कथानक फिल्म ‘गुञ्जन’को ट्रेलर सार्वजनिक भएको छ। एएच इन्टरटेन्मेन्ट प्रा.लि. र हीरा कृष्ण शाही फिल्मस्‌को प्रस्तुतिमा निर्माण भएको फिल्मको दोस्रो ट्रेलर रिलिज गरिएको हो। 

फिल्मको ट्रेलरमा त्रिकोणात्मक प्रेमकथा देखाइएको छ। प्रेममा परेकी शीर्ष कलाकार सारा सिर्पालीको छटपटी ट्रेलरमा प्रस्तुत गरिएको छ। 

फिल्ममा सरोज खनाल, हिउवाला गौतम, सारा सिर्पाली, प्रितम राज सेन्चुरी, कविर खड्कालगायत कलाकारले अभिनय गरेका छन्।

सार्वजनिक फिल्मको  ट्रेलरमा साराका लागि कविर र प्रितमबिचको युद्धको कथा देखाइएको छ। अष्ट महर्जनले निर्देशन गरेको फिल्ममा हिरा कृष्ण शाही र सुनिता शाहीले लगानी गरेका छन्। 

महेश दवाडीको कथामा तयार भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, विपिन मल्लको सम्पादन छ। 

हेर्नुहोस् ट्रेलर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad