अभिनेत्री पूजा शर्माका प्रेमी युद्ध बानियाँको आज जन्मदिन हो। यस अवसरमा पूजाले निकै भावुक स्टाटस लेखेकी छन्। उनले युद्ध भगवान्ले आफ्ना लागि दिएको सबैभन्दा सुन्दर उपहार भनेकी हुन्।
पूजाले फेसबुकमा युद्धसँगका युगल तस्बिर राख्दै लेखेकी छन्, ‘म तिमीलाई सधैँ माया गरिरहने छु। म पूर्णतया टुटेको समयमा तिमी मेरो जिन्दगीमा आएका थियौ।’
युद्धको आगमनसँगै पूजाले आफ्नो ओठमा मुस्कान, आँखामा चमक तथा जीवनमा खुसी आएको उल्लेख गरेकी छन्। केही वर्षदेखि प्रेममा रहेका युद्ध र पूजा विवाहको तयारीमा रहेको बताइन्छ।
पूजाका नजिकका साथीहरुले युद्धलाई ज्वाइँ सम्बोधन गरेर शुभकामना दिइरहेका छन्।
पूजाले दाइ मानेका संगीतकार अर्जुन पोखरेलले जन्मदिनको शुभकामना ज्वाइँसाप भनेर सम्बोधन गरेका छन्। उनले लेखेका छन्, ‘सही कुरा प्राप्त गर्न युद्ध गर्नुपर्छ। प्राप्त गरेपछि पूजामा ध्यान दिनुपर्छ।’
पूजालाई मेन्सन गर्दै अर्जुनले लेखेका छन्, ‘जीवन सधैँ सफल र सुखद बनोस्।’
Shares

प्रतिक्रिया