कला


राखीले सुत्ने कोठाबाट सार्वजनिक गरिन् चुम्बन गरेको भिडिओ

राखीले सुत्ने कोठाबाट सार्वजनिक गरिन् चुम्बन गरेको भिडिओ

नेपालखबर
माघ २, २०७९ सोमबार ११:३१, काठमाडौँ

केही दिनअघिसम्म पीडामा थिइन्- बलिउड अभिनेत्री राखी सावन्त। उनले प्रेमी आदिलसँग विवाह गरेकी थिइन्। तर आदिलले वैवाहिक सम्बन्धबारे केही बोलेका थिएनन्। केही दिनअघि मात्रै आदिलले सार्वजनिक रुपमा राखीसँगको वैवाहिक सम्बन्ध स्वीकारे। योसँगै राखी खुसी भएकी छन्। 

मिडियामा आदिल खानले आफूसँगको विवाह अस्वीकार गर्दा राखी रोएकी थिइन्। उनले त्यतिबेला रुँदै भनेकी थिइन्, ‘मेरो भाग्यमा किन यति धेरै पीडा छ! म न खान सक्छु, न सुत्न। केही गर्न सक्दिनँ।’

अहिले भने उनले आदिलसँगको रोमान्टिक भिडिओ सार्वजनिक गरेकी छन्। जसमा उनीहरुले एकअर्कालाई चुम्बन गरेका छन्। आदिल र राखीको चुम्बनको भिडिओ हेरेर उनीहरुका फ्यानहरुले मिश्रित प्रतिक्रिया दिइरहेका छन्। 

धेरै प्रयोगकर्ताले भने राखीलाई ट्रोल गरिरहेका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, ‘कहिले हाँस्दै हुनुहुन्छ, कहिले रोइरहनुभएको छ...के भइरहेको छ बुझ्न नसक्ने ।’ अर्का प्रयोगकर्ताले थपेका छन्, ‘कस्तो बेकारको नाटक ।’ धेरै प्रयोगकर्ताले यसलाई पब्लिसिटी स्टन्ट भनेका छन्। 

राखीले केहिदिन अघि मात्रै आफ्नो विवाहको तस्बिर सार्वजनिक गरेकी थिइन्। उनीहरुको विवाह भने ७ महिना अघि नै भएको हो। विवाहपछि राखीले आफ्नो नाम बदलेर ‘फातिमा’ राखेकी छिन्।

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad