कला


शाहरुखका फ्यानले उठाए प्रश्न, एफआईआर दर्ता गर्ने धम्की

शाहरुखका फ्यानले उठाए प्रश्न, एफआईआर दर्ता गर्ने धम्की

शाहरुख खान


नेपालखबर
फागुन ९, २०७९ मंगलबार १०:५८, काठमाडौँ

बलिउड अभिनेता शाहरुख खान पछिल्लो समय आस्क एसआरके सेसनमार्फत आफ्ना फ्यानसँग अन्तरक्रिया गरिरहेका छन्। जसमा उनका फ्यान निकै रमाइरहेका छन्।

शाहरुख खान

अन्तरक्रियाका क्रममा फ्यानले शाहरुखलाई रोचक प्रश्न गर्ने गरेका छन्। शाहरुख पनि रमाइला उत्तर दिन्छन्। 

यसै क्रममा शाहरुखलाई एक फ्यानले ठट्टा गर्दै उनीविरुद्ध एफआईआर दर्ता गर्ने धम्की दिएका थिए। जसमा शाहरुखले पनि मीठो जवाफ दिएका छन्।

उनका एक फ्यानले भनेका छन्, ‘खान साहब! म तपाईंविरुद्ध एफआईआर दर्ता गर्न जाँदै छु। यो केटाले झूट बोल्छ कि ऊ ५७ वर्षको हो।’

जसमा शाहरुखले जवाफ दिएका छन्, ‘कृपया यसो नगर्नुहोस्, म ३० वर्षको भएको मात्रै स्वीकार गर्छु। अब मैले तपाईंलाई सत्य भनेको छु, त्यसैले मेरो अर्को फिल्मको नाम जवान हुनेछ।’

शाहरुखको यो जवाफ उनका फ्यानहरुले निकै रुचाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad