फिल्म ‘पठान’को धमाकापछि शाहरुख खान आफ्ना दुई फिल्म ‘जवान’ र ‘डंकी’का साथमा देखिने तयारीमा छन्। अहिले यी दुवै फिल्मको छायांकन चलिरहेको छ। दुवै फिल्मको छायांकन अन्तिम चरणमा पुगेको छ। ‘जवान’को छायांकन अबको २० देखि ३० दिनमा सम्पन्न हुनेछ। यो फिल्मको छायांकन करिब १३० दिनसम्म चलिसकेको छ। फिल्मको बाँकी काम मुम्बईमा सम्पन्न हुनेछ। जसमा शाहरुख खानको डबल रोल देखाइने छ।

फिल्मको छायांकन भएको दृश्यको अधिकांश सिनमा शाहरुखको भूमिका खिचिएको छ। यो फिल्ममा खलनायकका रुपमा विजय सेतुपतिले शाहरुखलाई साथ दिनेछन्। विजयको सिन भने अधिकांश सकिएको बताइएको छ। शाहरुखसहित अन्य कलाकारको २५ प्रतिशत काम बाँकी नै छ।

‘जवान’मा अभिनेत्री प्रियमणि र सान्या मल्होत्राको एक्सन दृश्य पनि देखिने छ। नायिकाहरुको एक्सन सीन निकै उच्च रहेको बताइएको छ। यो फिल्ममा दीपिका केमियो भूमिकामा देखिने छिन्।
‘पठान’को तुलनामा ‘जवान’मा शाहरुखको फरक शारीरिक रूप देखिनेछ। यति मात्र होइन, यसपटक उनी नाङ्गो शरीरको सट्टा पहिरनमा एक्सन गर्नेछन्। यहाँ दोहोरो भूमिकामा शाहरुखलाई ६ फरक लुक्समा देखाइनेछ। यो एक एक्सन फिल्म हो।

Shares

प्रतिक्रिया