अमेरिकन आइडलमा पुगेर राम्रो चर्चा कमाएका नेपाली मुलका गायक दिवेश पोखरेल अर्थात् आर्थर गनले अमेरिकन आइडल रङभेदी भएको गुनासो गरेका छन्। उनले फेसबुक स्टोरीमा अमेरिकन आइडललाई गाली गर्दै आफ्नो ठाउँमा उभिन चुनौती दिएका दिए।
आइडललाई जनावरको संज्ञा दिँदै आफ्नो खुट्टामा उभिन पनि नसुहाउने बताएए।
आर्थर गन अमेरिकन आइडलको १८ औँ संस्करणमा रनर अप भएका थिए भने १९ औँ संस्करणमा पुनः भाग लिन आएका थिए। यो बेला भने आर्थरको यात्रा टप ७ बाट टुंगिएको थियो।
तर १९ औँ संस्करणको फिनालेमा आर्थरले अन्तिम समयमा स्टेज छाडेका थिए। फिनालेमा उनले सेरिल क्रोसँग गाउनुपर्ने सेड्युल थियो तर उनले ५ मिनेटअघि कार्यक्रमस्थल छाडेका थिए।
पछि यो कुराले विवाद उत्पन्न भयो। वातावरण असजिलो सिर्जना भयो।
उनले आफूले गाउने कार्यक्रम छोडेर बाहिरिएको स्पष्टीकरण दिए। अहिले आएर उनले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्। उनले आफ्नो फेसबुक स्टोरीमा आफूलाई यस्तो धम्की आएको बताएका हुन्।
अमेरिकाको कनान्समा बसाइँ सर्नुअघि दिवेशले नेपालमा ‘ग्रहण’ र ‘खोज’ २ एल्बम सार्वजनिक गरेका छन्। अमेरिकन आइडलबाट बाहिरिए लगत्तै आर्थरले ‘सेभ मी नाऊ’ बोलको गीत सार्वजनिक गरेका थिए।
Shares

प्रतिक्रिया