कला


‘नम्बरी सुन’मा साधारण नम्रता, आक्रोशित गौरव

‘नम्बरी सुन’मा साधारण नम्रता, आक्रोशित गौरव

नेपालखबर
बैशाख १५, २०८० शुक्रबार १२:५१, काठमाडौँ

राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म ‘नम्बरी सुन’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मका शीर्ष पात्र गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल र किरण नेपालीलाई प्रस्तुत गरिएको छ। 

फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ। फिल्म आगामी भदौ १ गते रिलिज हुने जनाइएको छ। सार्वजनिक पोस्टरमा कलाकारको भाव प्रस्तुत गरिएको छ। अभिनेत्री नम्रता सापकोटालाई साधारण महिलाका रुपमा देखाइएको छ भने गौरवलाई केही आक्रोशित मुडमा प्रस्तुत गरिएको छ। 

नारायण खातीको शब्द कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन्। 

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा सरोज खाती, सविन खाती र मनोज रिजालद्वारा निर्माणाधीन फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन, दिव्य सुवेदीको छायांकन र गौतमराज खड्काको सम्पादन छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad