कला


फलफूल बोकेर आश्रम पुग्यो ‘वेलकम टु हेम्जाकोट’को टिम

फलफूल बोकेर आश्रम पुग्यो ‘वेलकम टु हेम्जाकोट’को टिम

नेपालखबर
जेठ २१, २०८० आइतबार १२:३१, काठमाडौँ

यतिबेला ‘वेलकम टु हेम्जाकोट’को निर्माण टिम फिल्म प्रचारमा व्यस्त छ।

यही जेठ २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मका निर्माता/निर्देशक तथा कलाकारहरू प्रचारको नयाँ नयाँ उपाय अपनाइरहेका छन्। प्रचारकै क्रममा निर्माण टिम पशुपतिनाथ अनाथ आश्रममा पुगेको छ। आश्रममा पुगेर निर्माण टिमले फलफूल वितरण गरेको छ। 

फलफूल वितरणसँगै निर्माण टिमले पशुपति क्षेत्रमा सरसफाइ समेत गरेको छ। समाजसेवामा पनि हातेमालो गरौं भन्ने सोचका साथ आश्रम पुगेको फिल्म निर्माता तेज प्रसाद दाहालले बताए। भन्छन्, ‘हामी मनोरन्जन मात्र हैन, सामाजिक काममा पनि उत्तिकै लाग्नुपर्छ भन्ने उद्देश्यले यस्ता काम गरिरहेका छौँ। भोलीको दिनमा पनि निरन्तरता दिनेछौँ।’

चलचित्रका निर्माता, निर्देशक, कलाकार तथा प्राविधिकसहितको जम्बो टोलीसहित पशुपति पुगेको निर्माण टिमसँगै उक्त अभियानमा मिस पबी, सुजन कार्कीलगायत चर्चामा रहेका कलाकारको पनि उपस्थिति थियो।

चलचित्रका लेखक तथा निर्देशक सरोज पौडेल हुन्। चलचित्रमा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दीप सिग्देल, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, अम्बिका तामाङ, शारदा गिरी, बलदिव राई, स्व. जयनन्द लामा, प्रेविल कँडेललगायतका कलाकारको अभिनय रहेको छ।

यो चलचित्रले केही समयअघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा उत्कृष्ट नेपाली चलचित्रको अवार्ड समेत जितेको थियो। पोखरामा रहेको पर्यटकिय स्थल हेम्जाकोटमा खिचिएको चलचित्रको नाम पनि त्यहीँबाट सापट लिइएको हो। यसले स्थानीयस्तरको पर्यटन क्षेत्रमा पनि योगदान गर्ने निर्माण पक्षको दाबी छ।

मिलन श्रेष्ठको एक्सन, मित्र डी गुरुङको सम्पादनमा तयार चलचित्रका डीओपी दीर्घ गुरुङ हुन्।

कविराज गहतराज, गम्भीर विष्टको करियोग्राफी, शास्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको चलचित्रका गीतमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान,उदेश श्रेष्ठ लगायतका गायकले स्वर दिएका छन्।

चलचित्रको नेपालभरको वितरणको जिम्मा सुनिल मानन्धरले लिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad