कला


‘जय हो’को ‘फस्ट लुक’ : केकीको नाकमा बुलाकी, घाइते अपर्ण

‘जय हो’को ‘फस्ट लुक’ : केकीको नाकमा बुलाकी, घाइते अपर्ण

नेपालखबर
जेठ ३२, २०८० बिहिबार १०:३५, काठमाडौँ

आगामी भदौ ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जय हो’को 'फस्ट लुक'सार्वजनिक भएको छ। निर्माण टिमले सिनेमाका दुई पोस्टर सार्वजनिक गर्दै प्रचार प्रसारको काम सुरु गरेको हो।

सार्वजनिक दुई पोस्टरमा सिनेमाका मुख्य कलाकार अर्पण थापा, माओत्से गुरुङ, सलोन बस्नेत, केकी अधिकारी र निशा अधिकारी फिचर्ड छन्। सिनेमाका सार्वजनिक दुई पोस्टर मध्ये पहलो पोस्टरमा केही व्याक्ति घोडामा आइरहेका छन्। उनीहरुलाई रोक्न सिनेमाका मुख्य पात्रले तीर चलाइरहेको देख्न सकिन्छ।

अर्को पोस्टरमा अभिनेता माओत्से गुरुङ र निशा अधिकारीलाई मुस्ताङको लोकल गुरुङ पहिरनमा देख्न सकिन्छ। सलोन लामो कपाल र जुंगामा फरक देखिएका छन्। अभिनेत्री केकी अधिकारी नाकमा बुलाकीसहित देखिदा अभिनेता अर्पण थापालाई नाकबाट रगत बग्दै गरेको घाइते अवस्थामा देख्न सकिन्छ। सिनेमाका सार्वजनिक दुई पोस्टरले दर्शकमाझ सिनेमाप्रति कौतुहलता पैदा गरेको छ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता शोभित बस्नेत हुन्। राज के अधिकारी र सुरज सरकारको लगानी रहेको सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका हुन्। 

सौरभ लामाको डिओपी, शम्भुजित बास्कोटा र सागर आलेको संगीत, बनिश शाहको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रेनिस फागोको कलर, समीर मियाँको भिएफएक्स, सुवाष काफ्ले प्रोडक्सन हेड, केवलमान सिंह बस्नेत प्रोडक्सन म्यानेजर र समीर खान प्रोडक्सन डिजाइनर रहेको सिनेमाका मुख्य सहायक निर्देशक दिप्त प्रकाश अधिकारी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad