गायक सिमान्त सन्तोष तथा गायिका सब्बु केसीको युगल गायन रहेको ‘तिमी बिना जीवन’बोलको गीत सार्वजनिक भएको छ।
ध्रुव विश्वको शब्द तथा संगीत रहेको गीतको संगीत संयोजन योगेश काजीले गरेका हुन्।
गीतमा सिमान्त र स्वरुप सुवाललाई फिचरिङ गरिएको छ। सुदीपको छायांकन रहेको भिडिओमा टेकेन्द्र शाहको कलर एवं सम्पादन रहेको छ। मुस्ताङका विभिन्न रमणीय स्थानमा गीतको भिडिओ छायांकन गरिएको छ।
‘उचाई’ एल्बमबाट सांगीतिक यात्रा सुरु गरेका सिमान्तका यसअघि ‘मेरो दिल दुखायौ के पायौँ’, ‘तिमी पुजाकी थाली हौँ’, ‘हेरिदेऊ न छड्के छड्के’ लगायतका गीत छन्।
222
Shares

प्रतिक्रिया