कला


बालेनको निर्णयबारे दीपकराज गिरी : ‘आदिपुरूष’ मात्रै बन्द गरौँ, सबै हिन्दी फिल्म रोक्दा अप्ठेरो पर्छ

बालेनको निर्णयबारे दीपकराज गिरी : ‘आदिपुरूष’ मात्रै बन्द गरौँ, सबै हिन्दी फिल्म रोक्दा अप्ठेरो पर्छ

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८० आइतबार १८:१८, काठमाडौँ

चलचित्र निर्माता एवम् कलाकार दीपकराज गिरीले नेपाली हलहरुमा सबै हिन्दी फिल्म चल्न नदिँदा गलत अर्थ जाने बताएका छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सोमबारदेखि नगरभित्रका हलहरुमा सबै हिन्दी फिल्म चल्न नदिने घोषणा गरेपछि गिरीको यस्तो प्रतिक्रिया आएको हो।

मेयर शाहले आदिपुरुषमा रहेको सीताबारे विवादित संवाद फिल्मको मूल कपीबाटै नहटाएसम्म अरु हिन्दी फिल्म पनि चल्न नदिने घोषणा गरेका थिए। 

तर दीपकले सबै हिन्दी फिल्म बन्द गर्दा धेरै कुरा उता (भारत) बाट आउने अवस्थामा गलत अर्था लाग्न सक्ने चिन्ता पनि जनाएक छन्। 

‘समस्या आदिपुरूषले निकालेको हो, त्यसैले आदिपुरुष मात्रै बन्द गरौँ’, उनले भनेका छन्, ‘उताबाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि? उता बाट त धेरै कुरा आउँछ …!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad