आदिपुरुष फिल्मको व्यापार रिलिज भएको तीन दिनमै विश्वभर ३०६ करोड नाघेको छ।
पहिलो दिनदेखिकै ट्रेन्ड कायम रही फिल्मले सहजै ३ सय करोडको आँकडा पार गरेको हो। आइतबार मात्रै फिल्मले ६७ करोड भारु कमाएको छ।
तर फिल्मलाई समीक्षकहरूले राम्रो मूल्यांकन भने गरेका छैनन्। सामाजिक सञ्जालभरि फिल्म 'ट्रोल मेटेरियल' बनेको छ। रामायणको कथा तोडमोड गरेको भन्दै निर्माण टिमप्रति दर्शकहरू आक्रोशित छन्।
चलचित्र समीक्षक र दर्शकको आलोचना र संवादको भाषाको विवादका बाबजुद पनि हलमा दर्शकको घुइँचो लागेको छ।
बढ्दो विवादका बीच आइतबार फिल्मका निर्माताले फिल्मबाट विवादित संवाद हटाएर नयाँ संवाद ल्याउने वाचा गरेका छन्। संवाद लेखक मनोज मुंतशिरले यसै साता फिल्मका केही संवाद परिमार्जन गर्ने बताएका छन्।
36
Shares

प्रतिक्रिया