कला


‘८० सालको गाईजात्रा’ प्रज्ञा भवनमा, यी कलाकारले दिँदैछन् प्रस्तुति

‘८० सालको गाईजात्रा’ प्रज्ञा भवनमा, यी कलाकारले दिँदैछन् प्रस्तुति

नेपालखबर
साउन २३, २०८० मंगलबार १३:४३, काठमाडौँ

कोरोना महामारीपछिको पहिलो गाईजात्रा प्रज्ञा भवन, कमलादीमा आयोजना हुने भएको छ।

गाईजात्रा कार्यक्रम आगामी भदौ १३ गतेदेखि १८ गतेसम्म आयोजना हुने भएको हो। ‘८० सालको गाईजात्रा’ नाम दिइएको गाईजात्रा कार्यक्रमलाई ब्रान्डवर्थ प्रालिले आयोजना गर्ने भएको छ। 

कार्यक्रममा मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुवोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल ‘चिप्लेटी अङ्कल’, सीता न्यौपाने, राधिका कँडेल, दीपकप्रसाद आचार्य ‘काकु’, प्रभात लामा, रुबिना अधिकारीलगायतका कलाकारले प्रस्तुति दिने छन्।

जेसिस, लायन्स लगायतका संस्थासँगको सहकार्यमा ब्रान्डवर्थ प्रालिले उपत्यकाबाहिर पनि  ‘८० सालको गाईजात्रा’ आयोजना गर्दै छन्।

विराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना, दाङमा कार्यक्रम हुने पक्का भइसकेको  छ। साथै अन्य सहरमा पनि गाईजात्रा कार्यक्रम लिएर जाने आयोजकको तयारी छ।

कोरोना महामारीका दुईवटा वर्षमा पनि डिजिटल गाईजात्रा गरेर दर्शकलाई मनोरञ्जन र मोटिभेसन गरेको यस प्रालिले यसपटक पनि रङ्गमञ्च सँगसँगै टेलिभिजनमा पनि ‘डिजिटल गाईजात्रा’ प्रसारण गर्नेछ।  ७ एपिसोडमा प्रसारण हुने ‘डिजिटल गाईजात्रा’को पोस्ट प्रोडक्सन सकेर कलाकारहरु रङ्गमञ्चमा हुने गाईजात्राको रिहर्सलमा व्यस्त छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad