सनी देओलको फिल्म ‘गदर–२’ले हरेक दिन नयाँ रेकर्ड तोडिरहेको छ। फिल्मले सोमबार ३९ करोड कमाएको छ। योसँगै यो सोमबार अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ।
अर्कातर्फ अक्षय कुमार स्टारर ‘ओएमजी–२’ले राम्रो कमाइ जारी राखेको छ। फिल्मले रिलिजको चौथो दिन १२ करोड कमाएको छ। योसँगै यो फिल्मको कूल कलेक्सन ५५ करोड पुगेको छ।

‘गदर–२’ स्वतन्त्रता दिवसमा २०० करोड क्लबमा सामेल हुने अपेक्षा गरिएको छ। यो पहिलो फिल्मले पहिलो दिन ४० करोड, दोस्रो दिन ४३ करोड र तेस्रो दिन ५२ करोड कमाएको थियो। सोमबार ३९ करोड कमाएपछि फिल्मको कुल कलेक्सन अहिले १७४ करोड पुगेको छ। यो सनीको फिल्मको अहिलेसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने फिल्म भएको छ।
ओएमजी–२ को कुरा गर्नुपर्दा, गदर–२ सँग चर्को प्रतिस्पर्धा हुँदा पनि फिल्मले राम्रो कमाइ गरिरहेको छ। फिल्मले पहिलो दिन १० करोड, दोस्रो दिन १५ करोड र तेस्रो दिन १७.५५ करोड कमाएको थियो। सोमबार १२ करोड कमाएपछि यसको कूल कलेक्सन अहिले ५५ करोड पुगेको छ।
प्रदर्शनमा रहेको रजनीकान्तको फिल्म ‘जेलर’को कमाइ भने घटेको छ। फिल्मले पाँचौँ दिन २८ करोड कमाएको छ र योसँगै यसको कूल कलेक्सन १७८ करोड पुगेको छ।

त्यसको एक दिनअघि आइतबार फिल्मले ३८ करोड कमाएको थियो। ट्रेड विश्लेषकहरूले अगस्ट १५ मा फिल्मले विश्वव्यापी रूपमा ३५० करोडको आकडा पार गर्ने अपेक्षा गरेका छन्।
Shares

प्रतिक्रिया