कला


‘पशुपति प्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक (भिडिओ)

‘पशुपति प्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक (भिडिओ)

नेपालखबर
भदौ ६, २०८० बुधबार ११:३०, काठमाडौँ

नेपाली फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक भएको छ। फिल्मको सार्वजनिक टिजरमा अभिनेता विपिन कार्कीको क्यारेक्टरलाई मात्रै प्रस्तुत गरिएको छ।

‘पशुपति प्रसाद’को मृत्युपश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानका लागि गर्ने शक्ति संघर्षको कथामा फिल्म निर्माण गरिएको छ।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको ‘पशुपति प्रसाद २ : भष्मे डन’मा विपिनका अलवा स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल प्रकाश दाहाल लगायतका कलाकारले अभिनय गरेका छन्।

फिल्मको एक गीतमा अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्का पनि देखिने छन्।

टुकी आर्टस्को ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन्। फिल्ममा लगानी पनि उनैले गरेका छन्। 

निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत छ। फिल्म आगामी बडादसैँको फूलपातीबाट प्रदर्शनमा आउने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad