कला


प्रज्ञा प्रतिष्ठानमा गुञ्जिए नारायण रायमाझी (तस्बिरहरू)

प्रज्ञा प्रतिष्ठानमा गुञ्जिए नारायण रायमाझी (तस्बिरहरू)

सरोज बैजु
भदौ १५, २०८० शुक्रबार १९:१८, काठमाडौँ

शुक्रबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा वरिष्ठ लोक गायक, संगितकार, चलचित्र निर्देशक र बहुआयामिक स्रष्टा नारायण रायमाझीको एकल साँझ गुञ्जिएको छ। 

‘नेपाल टेलिकम नारायण रायमाझी साङ्गीतिक साँझ’मा रायमाझीका सदाबहार लोकप्रिय गीत संगीतको प्रस्तुत गरिएको थियो।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्धारा आयोजना भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती, वरिष्ठ कलाकार निर शाह लगायतको उपस्थिति थियो।

विवाहमा छोरीलाई बिदाई गर्ने बेला बुवाले दिने आशिर्वादलाई समेटेर बनाइएको स्रष्टा रायमाझीको नयाँ मार्मिक गीत सार्वजनिक गरिएको थियो।

स्रष्टा रायमाझी २०४२ सालदेखि निरन्तर लोकगीत, सङ्गीतमा साधनारत छन्। 

बुबा सूर्यबहादुर रायमाझी र आमा कृष्णकुमारी रायमाझीको दोस्रो सन्तानका रुपमा २०२० सालमा पाल्पाको झडेवामा जन्मिएका रायमाझीका दाई लक्ष्मण रायमाझी र भाई दुर्गा रायमाझी पनि चर्चित कलाकार हुन्। 

दाई लक्ष्मणको केही बर्ष अगाडि निधन भइसकेको छ। भाई दुर्गा प्रतिष्ठानको पूर्व अध्यक्ष तथा हाल सल्लाहकार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .