कला


‘लिटिल बुद्ध’ र्‍यापर साकार पोखरामा गुञ्जिए

‘लिटिल बुद्ध’ र्‍यापर साकार पोखरामा गुञ्जिए

नेपालखबर
असोज २, २०८० मंगलबार १८:५२, काठमाडौँ

लिटिल बुद्धका रुपमा परिचित र्‍यापर साकारले हालै पोखरामा सोलो कन्सर्ट गरेका छन्। ‘इभोलुसन टुर–साकार इन पोखरा’ नाम दिइएको कन्सर्टमा साकारले विभिन्न गीत गाएका थिए।

पोखराको लेकसाइडस्थित क्लब सिक्सटिनमा आयोजित कन्सर्टमा साकारले हाउसफूल दर्शकमाझ आफूलाई प्रस्तुत गरेका हुन्।

कन्सर्टको सुरुवात कारे महर्जन र डीजे एल्भिसले ‘किङ अफ नेपहप’ बाट गरेका थिए। यो प्रस्तुतिपछि साकार स्टेजमा उपस्थित हुँदा दर्शकले ‘साकार साकार’ भन्दै स्वागत गरेका थिए। उनको कन्सर्ट हेर्न करिब ७ सय दर्शक उपस्थित थिए।

पहिलो गीतको प्रस्तुतिपछि साकारले उपस्थित पोखरेली फ्यानप्रति धन्यवाद व्यक्त गरेका थिए। उनले ‘गाजा मेन’, ‘कब्जा’, ‘१००’, ‘नेप्लिज स्टाइल’, ‘मेक द्याट मनी’ र उनको पछिल्लो एलबम ‘इकेस्टेसी इन द प्यालेस’का गीत सुनाएका थिए।

साकारले कन्सर्टमा दिवंगत गुरु यम बुद्धलाई समर्पित गर्दै ‘सपना’ गीत गाएका थिए। यो गीतको ओरिजिनल कम्पोजर यम नै हुन्। यो गीत गाइरहँदा उनले मानसिक अस्वस्थताका बारेमा मन्तव्य दिएका थिए। मानिस मानसिक रुपमा अस्वस्थ रहँदा उसलाई के कस्तो असर पर्छ भन्ने कुरा सुनाएका थिए।

साकारको सांगीतिक टुरको व्यवस्थापन पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)ले गरेको हो। पोखरा कन्सर्टको संयोजन स्टिभ देवनले गरेका हुन्। स्टिभनका अनुसार पोखरा पछि साकारले पूर्वको इटहरी र बिर्तामोडबाट नेपाल टुर सुरु गर्नेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .