ad ad

कला


सुमनले ल्याए ‘तिमीलाई छाडी’ (भिडिओ)

सुमनले ल्याए ‘तिमीलाई छाडी’ (भिडिओ)

नेपालखबर
असोज ५, २०८० शुक्रबार १०:५०, काठमाडौँ

६ वर्षदेखि अमेरिकामा बसोबासरत चलचित्र निर्देशक सुमन दाहालले आफ्नो निर्देशनमा ‘तिमीलाई छाडी’बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। 

सम्राट क्रियसनबाट रिलिज भएको उक्त गीतको भिडिओ अमेरिकामै छायांकन गरिएको हो। 

सार्वजनिक गीत प्रमोद खरेलले गाएका हुन्। टीका भण्डारीले संगीत गरेको गीत ईश्वर प्रवासीले लेखेका हुन्।

प्रेम भावको रोमाञ्चक यो गीतको भिडिओमा मोडलद्वय भुवन लोहनी र निश्मा चापागाईंले अभिनय गरेका छन्।

भिडिओमा महेन्द्र निरौलाको कोरियोग्राफी, भूपेन्द्र अधिकारीको सम्पादन, पवन गौतमको छायांकन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .