सांगीतिक चलचित्र हे दैव सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच सांगीतिक चलचित्र हे दैव सार्वजनिक भएको हो।
चलचित्रमा बुद्धि तामाङ, माओत्से गुरुङ, एलिशा राई लगायतका कलाकारहरुको अभिनय छ।
कार्यक्रममा बोल्दै गायक राजेशपायल राईले आफूलाई ट्रेण्डिङ र भाइरलमा विश्वास नलाग्ने बताए। राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्ने उनको भनाइ छ। उनले आफूले अहिलेसम्म ७ देखि ८ हजारसम्म गीत गाइसकेको पनि बताए।
आफूलाई नेपाली गीत संगीतले अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्नुपर्ने र नेपाली भिडिओ देखाउँदा नेपाली कला कम नहोस भन्नेकुरामा मात्रै लोभ रहेको पनि बताए।
उनले इमान्दार भएर आफ्नो पेशामा रहन सक्दा फल प्राप्त हुने बताए।
असोज ५, २०८०, शुक्रबार
63
Shares
प्रतिक्रिया