कला


दिनेशको ‘गाउँ नै रमाइलो’मा दयाहाङ र आर्यन पक्का

दिनेशको ‘गाउँ नै रमाइलो’मा दयाहाङ र आर्यन पक्का

नेपालखबर
पुस ११, २०८० बुधबार १०:१०, काठमाडौँ

दिनेश राउतको निर्देशनमा बन्ने फिल्म गाउँ नै रमाइलो’ मा अभिनेताद्वय दयाहाङ राई र आर्यन सिग्देल एकसाथ देखिने भएका छन्। 

यस वर्षको हिट फिल्म ‘नांगो गाउँ’का निर्माता हिमाल कडरियाले मुख्य कलाकारसहित फिल्म निर्माणको घोषणा गरेका हुन्।

फिल्ममा दयाहाङ राई र आर्यन सिग्देलले काम गर्ने पक्का भएको निर्माता कडरियाले जानकारी दिएका छन्।

दया र आर्यनले यसअघि फिल्म ‘मेरो एउटा साथी छ’मा काम गरेका थिए। यी दुई नायकको टिमअपले फेरि दर्शकमाझ नयाँ उत्साह थपिने पक्का छ। 

क्लक वार्क क्रियसनको ब्यानरमा निर्माण हुने यो फिल्मले गाउँको कथालाई रोचक तरिकाले प्रस्तुत गरिनेछ।

फिल्म विकास सुवेदीले लेखेका हुन्। फिल्मका अन्य कलाकारको घोषणा बिस्तारै गरिने निर्माण पक्षले बताएको छ। 

दिनेशले फिल्म ‘पुजार सार्की’को काम सकेपछि ‘गाउँ नै रमाइलो’को छायांकन सुरु गर्नेछन्। यो फिल्मलाई आउँदो वर्ष दसैँमा रिलिज गर्ने घोषणा गरिएको छ। 

यो फिल्मको नेपाल वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ। यस्तै ओभरसिजमा एमएसएम इन्टरटेन्मेन्टले यो फिल्म वितरणको जिम्मा लिएको छ। फिल्मको छायांकन आउँदो वर्ष जेठमा सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ।

निर्माता कडरियाले फिल्म ‘दुःखी आत्मा’ निर्माणको घोषणा पनि गरिसकेका छन्। दीपेन्द्र लामाले निर्देशन गर्ने यो फिल्ममा दयाहाङ राई फाइनल भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad