कला


फर्कियो ‘कन्दरा’ को पुरानै क्रेज, पोखरामा झुमे हजारौँ दर्शक

फर्कियो ‘कन्दरा’ को पुरानै क्रेज, पोखरामा झुमे हजारौँ दर्शक

नेपालखबर
पुस २९, २०८० आइतबार १२:३६, काठमाडौँ

तीन दशक पुरानो साँगीतिक ब्यान्ड ‘कन्दरा’ लामो समयपछि ठूलो कन्सर्टमार्फत हजारौँ दर्शकमाझ गुञ्जिएको छ। 

शुक्रबार पोखरा प्रदर्शनी केन्द्रमा यो वर्षकै ठूलो साँगीतिक कन्सर्ट गरेसँगै कन्दराले गृह नगरबाट पुनरागमन गरेको छ। 

‘पहिला घरदेश, अनि परदेश’ को नारासहित आयोजित कार्यक्रममा १० हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको व्यवस्थापक कम्पनि एफ्फा स्क्वायरले जनाएको छ।  

ब्यान्डको साथमा विवेक श्रेष्ठले तगारोमा रुमाल राखी गीत गाएर कन्सर्टको सुरुवात गरे। 

त्यसपछि ब्यान्डले चन्चले कान्छीको योवन, लेककी हे माया, तिमी पारी लगायतका गीत गाएर प्रस्तुति दिएको थियो। अन्तिममा भने हङकङ पोखरा गाउँदै कार्यक्रमको बिट मारियो। 

कार्यक्रमको सफलताबाट अबका कार्यक्रमहरूमा कन्दरा ब्यान्डको राष्ट्रिय साङ्गीतिक टुर र राष्ट्रिय अभियानलाई पूरा गर्ने हौसला प्राप्त भएको कन्दराले जनाएको छ। 

‘पहिला घरदेश, अनि परदेश’ को सन्देशलाई धेरैभन्दा धेरै स्रोता र दर्शकहरूसामु पुर्‍याएर आन्तरिक पर्यटनको प्रवर्धन गर्ने कन्दरा ब्यान्डको पहिलो कार्यक्रम बृहत र प्रभावकारी बनेको छ।

यसपछि नेपालका सातैवटा प्रदेशमा कार्यक्रम गर्नेछ। कन्दराका गायक विवेक श्रेष्ठले पनि पोखराको कार्यक्रमबाट कन्दराको पुनर्जन्म भएको बताए। 

‘पोखरामा जन्मिएको कन्दरा ब्यान्ड आजको यो कार्यक्रमबाट पुनर्जन्म लिएको छ। यही भावना, यही सोच, र यही आकाङ्क्षा लिएर हामी हरेक प्रदेशमा जानेछौं। हरेक पोखरेलीलाई नेपाल घुमाउनेछौं, र जहाँ जानेछौं त्यहाँ पनि नेपाललाई मनैदेखि माया गर्ने वातावरण बनाउनेछौँ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .