कला


प्रदर्शन मिति नतोक्दै ‘सिटामोल’ को जापान राइट्स बिक्री

प्रदर्शन मिति नतोक्दै ‘सिटामोल’ को जापान राइट्स बिक्री

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १५:३२, काठमाडौँ

राज बहादुर सानेको निर्देशित फिल्म ‘सिटामोल’ को जापान प्रदर्शन अधिकारी बिक्री भएको छ। यस फिल्मको जापान राइट्स गरिमा फिल्मस्‌ले किनेको हो।

नेपाल र जापानमा एकैदिन रिलिज गर्ने सहमतीसहित प्रदर्शन अधिकार बेचिएको निर्माण टिमले जानकारी दिएको छ। निर्देशक सानेले नेपालमा सिनमाको प्रदर्शन मिति घोषणा नहुँदै सिनेमाको विदेश राइट्स बिक्री भएसँगै सिटामोललाई समीक्षकीय र प्राविधिक रुपमा अब्बल बनाउने चुनौती थपिएको बताए।

हाल सिनेमाको पोष्ट प्रोडक्सनको काम भइरहेको छ। फिल्मको काठमाडौंको केही प्रतिशत बाँकी छायाङ्कन पनि पुरा गर्ने तयारीमा निर्देशक साने छन्। विदेशका अन्य देशबाट पनि प्रदर्शन अधिकारको लागि कुरा आएकाले चाँडै प्रदर्शन मिति घोषणा गरेर प्रचारमा जुट्ने निर्माणटिमको तयारी छ। 

यस फिल्ममा अभिनेता सौगात मल्ल र बेनिशा हमाल मुख्य भूमिकामा छन्। माओवादी जनयुद्धको कथा सिनेमाले उठान गरेको छ। जसमा सौगातले जनयुद्धको घाइतेको भूमिका निर्वाह गरेका छन्।

तुलसी देवी फिल्म प्रालीको ब्यानरमा निर्माण भएको फिल्ममा सौगात र बेनिशासहित लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ। दिव्य सुवेदीले खिचेको सिनेमाको कथा निर्देशक साने स्वंयमले लेखेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad