अनमोल केसीलाई लिएर निर्माता तथा निर्देशक सन्तोष सेनको नयाँ फिल्म बनाउने भएका छन्। पिरियड ड्रामा फिल्मका लागि सन्तोष र अनमोलबीच सहकार्य गर्ने कुरा भएको हो।
लिखित सम्झौता नभएपनि आफूहरुबीच सहकार्य गर्ने मौखिक सहमति भइसकेको सेनले जानकारी दिए। उनका अनुसार केहीदिनअघि भएको भेटघाटमा उनीहरुबीच नयाँ फिल्मबारे कुराकानी भएको हो।
यस फिल्मले नेपाल र तिब्बतबीच चलेको युद्धमा एक नेपाली सिपाहीले गरेको संघर्षको कथा भन्नेछ। फिल्मको सुटिङ भने अर्कोतर्फ सुरू गरिनेछ।
सेन यतिखेर फिल्म ‘बलिदान’ को छायाङ्कनको तयारीमा छन्। यसपछि अनमोललाई लिएर उनी नयाँ फिल्मको काम गर्नेछन्।
अनमोलको मुख्य भूमिका रहेको फिल्म ‘फर्की फर्की’ आउँदो जेठबाट रिलिज हुँदैछ। हाल प्रचारप्रचारमा व्यस्त अनमोल यसपछि भने ‘जेरी २’ को सुटिङ सुरु गर्नेछन्।
Shares

प्रतिक्रिया