कला


‘गाउँ आएको बाटो’ को प्रिमियरमा सहभागी हुन नेपाल आइन् संगीतकार हाइडी

‘गाउँ आएको बाटो’ को प्रिमियरमा सहभागी हुन नेपाल आइन् संगीतकार हाइडी

नेपालखबर
जेठ २१, २०८१ सोमबार १७:१७, काठमाडौँ

नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ को नेपाल प्रिमियरमा सहभागी हुन संगीतकार हाइडी ली नेपाल आइपुगेकी छिन्। यस फिल्ममा हाइडीले पार्श्व ध्वनीमा काम गरेकी छन्। फिल्मको एउटा पार्श्व संगीतमा पनि हाइडीले सिर्जना समेत गरेकी छिन्।

यसअघि उनी फिल्मको गीतमा संगीत भर्न नेपाल आएकी थिइन्। फिल्म गर्नुअघि अनुसन्धानकै लागि पनि नेपाल आएकी उनको यो तेस्रो नेपाल भ्रमण हो। उनी इटालीबाट नेपाल आएकी हुन्। 

हाइडीले राई सँस्कृतिको लय, धुनमाथि अध्ययन गर्दै परम्परागत र पश्चिमा संगीत मिसाउँदै फिल्मको गीत तयार पारेकी छन् । फिल्म छायांकन भएको स्थानबाटै पनि हाइडीले राई संगीतलाई बटुलेकी छन्। फिल्मको कथा र भाव नियाल्दै आफूले फिल्ममा पार्श्व ध्वनी निर्माण गरेको पनि हाइडीको भनाई छ।

आफूले संगीत गरेको नेपाली फिल्मको प्रतिक्रिया लिन उत्साहित सुनाउँछिन् हाइडी।

‘यो फिल्म धेरै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा देखायौं। यो फिल्म जुन देशको यही देशमा अहिले प्रदर्शनको तयारीमा छ। म, यहाँका स्थानीय दर्शकसँग बसेर फिल्म हेर्न निकै उत्साहित छु। म नेपाली होइन। तर, पनि मैले नेपालको यस्तो फिल्ममा संगीतदेखि पार्श्व ध्वनीमा काम गरें। मैले गरेका ती कामको प्रतिक्रिया बटुल्न पनि म उत्साहित छु,’उनले भनिन्।

दयाहाङ राई, पशुपति राई र प्रसन राईको मुख्य भूमिका रहेको यो फिल्म जेठ २५ देखि प्रदर्शनमा हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad