गायक हेमन्त शर्माले नयाँ गीत ल्याएका छन्। आइतबार हेमन्त शर्मा युट्युव अकाउन्डमार्फत ‘मुस्ताङतिर चल्दिम यार’ बोलको गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा गायक शर्माकै शब्द, स्वर र कम्पोज रहेको छ। त्यसैगरि, राकेश सोनीले गीतमा म्युजिक एरेन्ज गरेका हुन्।
आधुनिक रोमान्टिक प्याटनको गीतको भिडिओ हेमन्तकै कन्सेप्टमा बनेको हो। पवन सुस्लिङले खिचेका भिडिओमा सुन्दर एसडीएस र जुना विश्वकर्मा फिचर्ड छन्।
सुन्दर रिल्स र टिकटकमा आफ्नो नृत्यका कारण चर्चामा छन्। सुन्दरको नृत्य मन पर्ने बताउँदै शर्माले उनलाई सुहाउँदो गीत तयार पारेर भिडिओ खेलाएको बताए।
डान्सिङ प्याटनको गीतको कोरियोग्राफी सुन्दरले नै गरेका हुन्। त्यसैगरि विपिन बार्मेल, सन्देश बिके, रुपक खड्का, लक्ष्मण खत्री, आशिका गौतम र सबिना राईको नृत्य गरेका छन्।
सम्भु श्रेष्ठ निर्माता रहेको गीतको भिडिओलाई पवन सुस्लिङले सम्पादन र कलरिङ गरेका हुन्।
Shares

प्रतिक्रिया