कला


यस्तो छ प्रथम मेची-महाकाली उल्टो साइकलयात्री जेबी पोखरेलको नयाँ गीत

यस्तो छ प्रथम मेची-महाकाली उल्टो साइकलयात्री जेबी पोखरेलको नयाँ गीत

नेपालखबर
कात्तिक ९, २०८१ शुक्रबार १४:१४, काठमाडौँ

 नेपालमा प्रथम मेची-महाकाली उल्टो साइकल यात्री जेबी खरेल (जीवनाथ) ले नयाँ गीत ल्याएका छन्। ‘तिमी त मेरो ह्याप्पी हर्मोन’ बोलको गीतमा जेबीसहित रीता केसीको स्वर सुन्न सकिन्छ। 

जेबीको शब्द रहेको गीतमा मनोहर सुनामले संगीत संयोजन गरेका हुन्। पृथक रूपमा तयार गरिएको गीत गिनिज बुक अफ वर्ल्ड रेकर्डस्को लागि लगिने प्रथम मेची-महाकाली उल्टो साइकल यात्री पोखरेलले बताए।

गायक स्वास्थ्य क्षेत्रमा कार्यरत छन् भने भिडियोको कलाकार सुधा गौतम शिक्षिका हुन्। भिडिओमा उल्टो साइकलमा यात्रा गर्दै विभिन्न क्रियाकलाप गरिएको दृश्य समावेश छन्। डान्सिङ तथा मेलोडियस गीतमा एकै क्षेत्रमा काम गर्ने महिला पात्रलाई प्रस्तुत गरिएको छ। 

२०६३ सालमा लागुऔषध तथा दुर्व्यसनमा किशोरकिशोरीलाई नलाग्न जन चेतना जगाउने उद्देश्यले पूर्वको मेची पुलदेखि पश्चिम दोधारा चाँदनीसम्म उल्टो साइकल यात्रा गरेका थिए।

पोखरेलकै निर्देशनमा बनेको भिडिओको छायांकन पदम विश्वकर्मा, सुमन एसकेआर, कमल श्रेष्ठले गरेका हुन् भने सम्पादन सन्देश शाहले गरेका हुन्।

भिडिओ ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad