कला


‘रंगी’ को टिजरमा बाबुछोरीको सम्बन्धको कथा

‘रंगी’ को टिजरमा बाबुछोरीको सम्बन्धको कथा

नेपालखबर
पुस १५, २०८१ सोमबार १९:२०, काठमाडौँ

सलोन बस्नेतको फिल्म ‘रंगी’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा सलोन र आयुषी ढकाल वरिपरि ट्रेलर घुमेको छ।

छोरी आयुषी र बाबु सलोनको प्रेम, छोरीका लागि सलोनको संघर्ष देखाइएको छ। टिजर खुशी, रोदन र पीडा मिश्रित छ।

फुड डेलिभरी ब्वाई बनेका सलोनले छोरीका लागि पानीमा भिज्दै काम गरेको दृश्य, छोरीलाई स्याहार सुसार गरेको दृश्य टिजरमा हेर्न पाइन्छ। फिल्मकी अर्की प्रमुख कलाकार नम्रता श्रेष्ठको सलोनसँगको निकटतालाई पनि टिजरमा देखाइएको छ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएक यो फिल्म आगामी फागुन २ गते रिलिज हुँदैछ। सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी,  सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ।

प्रस्तुतकर्ता सलोनका अनुसार फिल्मले बाबुछोरीको कथा देखाउनेछ । फिल्म ‘रंगी’ सलोनको डेब्यू निर्माण हो।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन र सौरभ लामाको छायांकन रहेको छ। फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad