कला


कस्तो छ कंगना रनावतको फिल्म ‘इमरजेन्सी’ को ट्रेलर?

कस्तो छ कंगना रनावतको फिल्म ‘इमरजेन्सी’ को ट्रेलर?

फाइल तस्बिर


नेपालखबर
पुस २२, २०८१ सोमबार १४:१२, काठमाडौँ

बलिउड अभिनेत्री कंगना रनावतको फिल्म ‘इमरजेन्सी’को ट्रेलर सार्वजनिक गरिएको छ। 

प्रदर्शन मिति नजिकिएसँगै सोमबार जी-स्टुडिओ युट्युव च्यानलमार्फत फिल्मको दोस्रो ट्रेलर सार्वजनिक गरिएको हो।  

यो फिल्म भारतकी पहिलो महिला प्रधानमन्त्री इन्दिरा गान्धीको जीवनमा आधारित छ। पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निभाएकी कंगना रनौतले आफ्नो शक्ति देखाएकी छिन्। 

१ मिनेट ५० सेकेण्डको यो दोस्रो ट्रेलर हेरेर फिल्ममा आपतकालको भित्री कथा देखाइने प्रष्ट भएको छ।

ट्रेलरमा कंगनासहित श्रेयस तलपदे, अनुपम खेर र मिलिन्द सोमनको झलक देख्न सकिन्छ। यो फिल्म सन् २०२५ जनवरी १७ बाट रिलिज हुनेछ।

यो फिल्म २५ जुन १९७५ देखि २१ मार्च १९७७ सम्म मुलुकमा लगाइएको २१ महिनाको संकटकालको कथामा आधारित छ। कंगना यस फिल्मका निर्देशक र निर्माता पनि हुन्।

फिल्ममा कंगनासँगै महिमा चौधरी, अनुपम खेर, सतीश कौशिक, मिलिन्द सोमन, श्रेयस तलपन्डेलगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad