फिल्म ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’को पोस्टर सार्वजनिक गरिएको छ। फिल्मको सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरू फिचर्ड छन्। पोस्टरमा आर ए सुरज पौडेल, विनिता कार्की, आस्मा अधिकारी, पुजा चौधरी र राजन कुँवरलाई देख्न सकिन्छ। अडिसनमार्फत छनोट भएका यी कलाकारहरु नयाँ हुन्।
रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अस्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्दैछन्। सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने आगामी फेब्रुअरी ११ बाट सुरू हुनेछ।
निर्देशक बस्नेतका अनुसार फिल्मको छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत छायांकन नेपालमा हुनेछ। शोभित बस्नेतको कथा रहेको फिल्ममा गणेश बुढाथोकीको पटकथा र संवाद फिल्ममा छ।
फिल्मका लागि हामीले चार सयजनाको अडिसन लिएका थियौं। तीमध्येबाट पाँच कलाकार फिल्मका लागि छनोट गर्यौँ’, निर्देशक बस्नेतले भने। फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, पुजा चौधरी, विनिता कार्की, आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स र नवीन घायलको अभिनय छ।
फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुप का लक्ष्मण सापकोटा निर्माता र एसिया प्यासिफिक इ कलेजका गणेश केसी कार्यकारी निर्माता छन्।
Shares

प्रतिक्रिया