राजेश पायल राईको स्वरमा ‘छाती भित्र दुख्ने घाउ’ बोलको गीत सार्वजनिक भएको छ। ओएस म्युजिक युट्युब च्यानलमार्फत यो गीत सार्वजनिक गरिएको हो।
आशिष भट्टराईको शब्द रहेको गीतले बिछोडमा भोग्नुपर्ने पीडालाई समेटेको छ। मोहन मडेनको संगीत रहेको गीतमा टेकेन्द्र यास्कोको म्युजिक एरेन्ज छ।
गीतको भिडिओमा सन्देश लाबुङ लिम्बू, जोनिसा गुरुङ, नरेन्द्र साम्पाङ राई र कोस्मी घलेको अभियन देख्न सकिन्छ। राजा माबोको निर्देशन रहेको भिडिओलाई राहुल राईले खिँचेका छन्।
852
Shares

प्रतिक्रिया