ad ad

कला


कोरोना महामारीको चिनियाँ अनुभव समेटिएको पुस्तक नेपालीमा

कोरोना महामारीको चिनियाँ अनुभव समेटिएको पुस्तक नेपालीमा

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार १०:२९,

कोरोना जोखिम नियन्त्रणका लागि मुलुक लकडाउनमा रहेका समयमा कोरोना महामारीको चिनियाँ अनुभव समेटिएको पुस्तक नेपाली भाषामा प्रकाशन भएको छ।

‘साहस र दृढ सङ्कल्पका कथाहरूः कोरोना भाइरसले बन्दी बनेको वुहान’ शीर्षकको अनूदित पुस्तक मकालु प्रकाशन गृहले प्रकाशन गरेको हो। चीनको विदेशी भाषा छापाखानाले तयार पारेको उक्त पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरिएको मकालु प्रकाशन गृहले जनाएको छ।

चीनको वुहानबाट उत्पन्न भाइरसको प्रकोप र यसको नियन्त्रणमा चीन सरकार र त्यहाँका जनताले गरेको निरन्तरको प्रयत्न र उनीहरूले हासिल गरेको सफलतालाई पुस्तकमा जीवन्त ढङ्गले प्रस्तुत गरिएको प्रकाशन गृहका प्रबन्ध निर्देशक वासुदेव ढकालले जानकारी दिए। कोरोनाको उपचारका लागि अग्रपङ्क्तिमा रहेर कार्य गर्ने चिकित्सक, सुरक्षाकर्मी, पत्रकार र स्वयंसेवकका साथै कोरोना प्रभावितहरूका व्यक्तिगत अनुभवसमेत समेटिएकाले नेपाली पाठकका लागि पुस्तक रुचिकर हुने विश्वास लिइएको ढकालले बताए।

सन् २०१९ को डिसेम्बरमा वुहानमा देखिएको कोभिड–१९ को सुरुवातीदेखि चीनले त्यसलाई नियन्त्रण गरेको अवस्थासम्मको वीरतापूर्ण अन्तरकथा पुस्तकमा समेटिएको छ। विदेशी भाषा छापाखानाले चिनियाँ, अङ्ग्रेजी र जापानी गरी तीन भाषामा प्रकाशन गरेको उक्त पुस्तक नेपालीलगायत पोर्तुगिज, रुमानियन र थाइ भाषामा पनि प्रकाशित भइसकेको छ भने अन्य विभिन्न भाषामा प्रकाशनका क्रममा रहेको छ।

पुस्तकबारे लेख्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले मानव अस्तित्व नै सङ्कटमा पु-याउने कोरोना महामारीले सिर्जना गरेको युद्धका विरुद्ध उभिन यस पुस्तकले नेपालीहरूलाई पनि प्रेरित गर्ने विश्वास लिएको जनाएका छन्। त्यस्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान छीले अनूदित पुस्तकबाट नेपाली पाठकले महामारीको प्रतिकारमा चीनले भोगेका कथाहरूबारे अझ बढी जान्ने र बुझ्ने मौका पाउनुका साथै महामारी नियन्त्रणको सङ्घर्षमा नेपाली जनतालाई बल मिल्ने आशा लिएको उल्लेख गरेकी छन्।

डा. विमल कुमार सुवेदीद्वारा अनूदित १२७ पृष्ठको उक्त पुस्तकमा रङ्गिन तस्बिरहरू समेत समावेश छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .